नेपालको बागमती प्रदेशको नुवाकोट जिल्लाका साविक गाविसहरू लच्याङ, वागेश्वरी, हल्देकालिका र गणेशस्थान लाई समावेश गरी ५ वडामा विभाजन भई गठन भएको; यस गाउँपालिकाको कुल जनसंख्या १६,८०० रहेकाे छ । पूर्वमा तादी र पञ्चकन्या गा.पा., पश्चिममा विदुर न.पा., उत्तरमा रसुवा जिल्ला र दक्षिणमा लिखु गा.पा. सिमाना रहेको यस गाउँपालिका जम्मा ४९.०८ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको छ भने साविक वागेश्वरी गाविसको कार्यालयमा गाउँ रहेको चोकदे बजार क्षेत्र यस गाउँपालिकाको केन्द्र कायम भएको छ।
| वडा नं. | समावेश भएका साविक गा.वि.स.हरु | साविक वडा नं. |
| १ | लच्याङ | १-८ |
| २ |
बागेश्वरी लच्याङ |
१,२,५,६,८ ९ |
| ३ | बागेश्वरी | ३,४,७,९ |
| ४ | हल्देकालिका | १-९ |
| ५ | गणेशस्थान | १-९ |
ऐतिहासिक पृष्टभूमि:
प्रख्यात सूर्यगढी साथै बागेश्वरी मन्दिर लगायत हल्देकालिका मन्दिर यो गाउँपालिका को परिचय छ। जिल्ला सदरमुकाम बिदुर देखि १७ कि.मि. दुरीमा अबस्थित यस सूर्यगढी गाउँपालिका वडा नं. ३ मा रहेको सूर्यगढी ऐतिहासिक महत्व को स्थल रहेको छ।
Facts About This Rural Municiple:
Established: 2073 B.S.
Area : 49.08 sq. K.M.
Population: 16,800
Total Ward Number: 5
Total Executive Body Member: 13
Total Assembly Member: 29
Boundries:
East: Tadi Ga. PA.
West: Bidur Na. Pa.
North: Rasuwa District
South: Likhu Ga.Pa.